बलिउड अभिनेता मिथुन चक्रवती अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा सुधार आएपछि उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। अस्पतालबाट निस्किदै गर्दा उनले भने, 'अहिले म एकदम ठिक छु। मैले खानपानमा ध्यान गर्नुपर्छ। अब म छिट्टै काममा फर्किन्छु।'
उनलाई अचानक छाती दुख्न थालेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। उनलाई आइसियुमा राखिएको थियो।
उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको थियो। ७३ वर्षीय उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समूहले उपचार गरेका थिए।
उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ। यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ।
मिथुनले थुप्रै बलिउड फिल्ममा काम गरेका छन्।