यतिबेला भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को चर्चा भइरहेको छ। यही अवसरमा फिल्म कलाकारहरू पनि आफ्नो प्रेमिल क्षणलाई याद गरिरहेका छन्।
बलिउड अभिनेता शाहरूख खानले ३५ वर्षअघि मनाएको प्रेम दिवसलाई याद गरेका छन्। त्यतिबेला उनले आफ्नो प्रेमिका गौरी खानलाई झुम्का उपहार दिएका थिए।
उनले प्लास्टिकको गुलाबी रंगको झुम्का गौरीलाई उपहार दिएका थिए। उनले ट्वीटरमार्फत 'आक्स एसकेआर' सेसनमा उक्त कुरा खुलाएका हुन्। शाहरूखले दिएको उपहार पाएपछि गौरी खुशी भएकी थिइन्।
उनीहरूको प्रेम सम्बन्ध सुरू हुँदा शाहरूख १८ वर्षका थिए भने गौरी १४ वर्षकी थिइन्। पहिलोपटक उनीहरू एक पार्टीमा भेटेका थिए। शाहरूखलाई पहिलो भेटमै गौरीसँग प्रेम भएको बताउँछन्। उनको पहिलो क्रश पनि गौरी नै हुन्।
उनीहरूले सन् १९९१ मा विवाह गरेका थिए। शाहरूखले बलिउडमा धेरै हिट फिल्ममा काम गरेका छन्। उनी पछिल्लो समय फिल्म 'डंकी' मा देखिएका थिए।