बलिउडकी अभिनेत्री रिया चक्रवर्ती अदालतको आदेश नआएसम्म देशबाहिर जान नपाउने भएकी छन्।
सिबिआईले सुशान्तको मुद्दामा मुम्बई उच्च अदालतको अनुमतिबिना रिया देशबाहिर जान नपाउने पत्र जारी गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार उनीसँगै भाइ शोविक र बुवाविरूद्ध पनि पत्र जारी गरिएको छ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुत बान्द्रास्थित फ्ल्याटमा १४ जुन २०२० मा मृत फेला परेका थिए। सुशान्त सिंह आत्महत्या प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीलाई समेत मुद्दा लागेको थियो।
सुशान्त सिंह राजपुतको मुद्दा सन् २०२० देखि उच्च अदालतमा चलिरहेको छ।
यस्तै, अभिनेत्री रियाले पत्रविरूद्ध अदालतमा रिट दायर गरेकी छन्।
तर बिहीबार मुम्बई उच्च अदालतले पहिलेकै आदेशाई निरन्तरता दिएको छ। रिया हाल मुम्बईमा बस्छिन्।
अदालतको उक्त आदेशले आफ्नो वैदेशिक काममा बाधा पुगेको रियाले बताउँदै आएकी छन्। तर केही समय पहिले भने उनलाई अदालतले दुबई जान अनुमति दिएको थियो।
पछिल्लो समय रिया टेलिभिजन रियालिटी-शो ‘एमटिभी-रोडिज’ मा ग्याङ लिडर थिइन्।