बलिउड अभिनेता अक्षय कुमार र टाइगर स्रफ अभिनित फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को टिजर सार्वजनिक भएपछि चर्चा बटुलिरहेको छ।
फिल्ममा अक्षय र टाइगरको एक्सन देख्न सकिन्छ। यो फिल्मको सुटिङको काम भने अझै सकिएको छैन। फिल्मले भर्खरै चार वटा गीत छांयाकन गरेको छ। यो गीतलाई सानदार बनाउनको लागि कोरियोग्राफर बोस्कोले कलाकारहरूलाई तालिम दिएका थिए। यी गीतलाई अक्षयले १२ दिनमै छायांकन गरे। गीतको छायांकनका लागि २० दिनको समय दिएता पनि उनले भने १२ दिनमै सकेका हुन्।
उनले फिल्मलाई बलियो बनाउनको लागि महत्वपूर्ण भूमिका गरेका छन्। गीतको लागि १०० जना ब्याकग्राउन्ड डान्सरले शूट गरेका छन्। गीतमा अभिनेत्री सोनाक्षी सिन्हा पनि देखिने फिल्म टिमले बताएका छन्। फिल्ममा वासु भगनानी र ज्याक भगनानीको लगानी छ।
अली अब्बास जफर निर्देशित फिल्ममा अक्षय र टाइगरसँगै पृथ्वीराज सुकुमारन, सोनाक्षी, मानुषी छिल्लरलगायत कलाकारको अभिनय छ। यो फिल्म इदको अवसर पारेर अप्रिलमा रिलिज हुँदैछ।
सन् १९९५ मा बनेको फिल्म 'बडे मियाँ छोटे मियाँ' मा अमिताभ बच्चन र गोविन्दा मुख्य भूमिकामा देखिएका थिए। अहिले यसको सिक्वेल बनेको हो।