बलिउडमा यतिबेला सीतारामको कथामा आधारित विभिन्न फिल्म बनाउने लर्को चलिरहेको छ। ‘आदिपुरूष’ फिल्म बनेपछि फेरि ‘रामायण’ फिल्म बन्दैछ।
फिल्मको मुख्य पात्र अभिनेता रणवीर कपूर बनेका छन्। रणवीरले राम पात्रको भूमिका गर्दैछन्। सीता भूमिकामा अभिनेत्री साई पल्लवीले निर्वाह गर्ने भनिएको थियो तर अहिले अभिनेत्री जान्हवी कपूरले सीताको भूमिका निभाउने भएकी छन्।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार नितेश तिवारीले निर्देशन गरेको फिल्ममा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी नभई बलिउड अभिनेत्री जान्हवी कपूरले फिल्ममा काम गर्ने भएकी हुन्।
सीता पात्रको भूमिका जान्हवीले गर्ने खबर आएपछि फ्यानहरूले निराशाजनक प्रतिक्रिया दिएका छन्। फ्यानहरूले बलिउडमा सबभन्दा नराम्रो कास्टिङ भएको प्रतिक्रिया दिए।
फिल्ममा रणवीरसँगै अभिनेता विजय सेतुपति, सनी देओल र लारा दत्त लगायत कलाकारको भूमिका हुनेछ।
फिल्मको छायांकन भने सुरू भएको छैन।