दक्षिण भारतीय अभिनेता थलापति विजयले सबैभन्दा ठूलो बजेटको फिल्ममा काम गर्ने भएका छन्।
हालै राजनीतिमा प्रवेश गरेका थलपतिले फिल्म यात्रालाई बिट मार्ने भएका छन्। उनले अबको यात्रा राजनीतिलाई दिने तयारीमा छन्। उनले आफ्नो राजनीति पार्टी समेत दर्ता गरिसकेका छन्।
उनले सबैभन्दा महंगो फिल्म 'थलापति ६९' मा काम गर्दैछन्। १००० करोड भारूमा निर्माण हुन लागेको फिल्म भारतकै महंगो फिल्म हुने बताइएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार यो उनको अन्तिम फिल्म हुनेछ। यो फिल्मपछि उनी आफ्नो पुरै समय राजनीतिमा दिने तयारीमा छन्।
त्यसैले उनी यो फिल्मलाई सबैभन्दा राम्रो र उत्कृष्ट बनाउन चाहन्छन्। फिल्मलाई डिभिभी धन्या नामको कम्पनीले निर्माण गर्दैछ। भेत्री मारनले निर्देशन गर्न लागेको फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको छ।
यसअघि उनी फिल्म 'द ग्रेटेस्ट अफ अल टाइम' मा देखिनेछन्। ४९ वर्षीय विजयले ६५ भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका थिए। उनले बालकलाकारबाट अभिनय यात्रा सुरू गरेका थिए।