दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म 'कल्की २८९८ एडी' चर्चामा छ। यो फिल्मलाई लिएर दर्शक उत्साहित छन्।
फिल्ममा प्रभाससँगै बलिउड अभिनेता अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका रहनेछ। केही दिनअघि फिल्ममा दक्षिण भारतीय तीन अभिनेताको अभिनय रहने खबर बाहिरिएको थियो।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्ममा अभिनेता जुनियर एनटिआर, विजय देवरकोन्डा र नानीको हुने चर्चा छ। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।
यसैगरी फिल्ममा अभिनेत्री मृणाल ठाकुरको अभिनय रहनेछ। उनले फिल्ममा क्यामियो भूमिका गर्नेछिन्।
नाग अश्विनले निर्देशन गर्न लागेको फिल्ममा अश्विनी दत्तको लगानी रहनेछ। इन्डियन माइथोलोजीबारे फिल्मको कथा हुनेछ। यो फिल्मको बजेट ६०० करोड भारू बताइएको छ।