भारतीय निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको छ। उनले थुप्रै हिट फिल्म निर्देशन गरेका छन्।
२००५ मा बनेको फिल्म 'ब्ल्याक' नेटफ्लिक्समा रिलिज भएको हो। १९ वर्षपछि यो फिल्मले ओटिटीमा ठाँउ पाएको छ। फिल्ममा अभिनेता अमिताभ बच्चन र अभिनेत्री रानी मुखर्जीको मुख्य भूमिका देख्न सकिन्छ।
फिल्ममा शिक्षक र विद्यार्थीको कथा देखाइएको छ। नेटफ्लिक्स इन्डियाले सामाजिक सञ्जालमा फिल्मको सानो क्लिप सेयर गरेको छ। २२ करोड बजेटमा बनेको फिल्मले बक्स अफिसमा ६६ करोड भारू कमाएको थियो।
फिल्मले प्रदर्शनी क्रममा राम्रो समिक्षा पाइरहेको थियो। यो फिल्मलाई दर्शकले धेरै मनपराएका थिए। साथै यतिबेला ओटिटीमा फेरी रिलिज हुने खबरले दर्शक उत्साहित छन्।