बलिउड अभिनेता अक्षय कुमार 'डिपफेक' भिडिओको शिकार भएका छन्।
आफ्नो बारेमा डिपफेक भिडिओ आएपछि उनले कानुनी प्रक्रियामा जाने बताएका छन्। उनले डिपफेक बनाउनेलाई कानुनी कारबाही गर्ने बताएका छन्।
उनको डिपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा उनले एक गेमिङ एपको बारेमा प्रमोशन गरिरहेको देखाइएको छ। उनले अहिलेसम्म पनि यस्ता विज्ञापन नगरेको बताएका छन्।
विज्ञापनको नाममा विभिन्न कलाकारको गलत फाइदा उठाइरहेको उनले बताए। यसअघि अभिनेत्री रश्मिका मन्दाना पनि डिपफेक भिडिओको शिकार भएकी थिइन्। रश्मिकाले आफ्नो डिपफेक भिडिओ बनाउनेलाई प्रहरीको सहायता मार्फत कारबाही गरेकी थिइन्। बलिउडमा डिपफेकको शिकारमा रश्मिका सहित अन्य अभिनेत्री कट्रिना कैफ, आलिया भट्ट, काजोल लगायत परेका थिए।
यतिबेला अक्षय फिल्म 'बडे मियाँ छोटे मियाँ' र 'वेदात मराठे वीर दौडले सात (मराठी), मा काम गरिरहेका छन्।