दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म 'कल्की २८९८ एडी' चर्चामा छ। यो फिल्मलाई लिएर दर्शक उत्साहित छन्।
फिल्ममा प्रभाससँगै बलिउड अभिनेता अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका रहनेछ। यसैबीच दक्षिण भारतीय तीन अभिनेताको अभिनय रहने खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्ममा अभिनेता जुनियर एनटिआर, विजय देवरकोन्डा र नानीको अभिनय हुने चर्चा छ। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।
नाग अश्विनले निर्देशन गर्न लागेको फिल्ममा अश्विनी दत्तको लगानी रहने छ। इन्डियन माइथोलोजीबारे फिल्मको कथा हुनेछ। यो फिल्मको बजेट ६०० करोड भारू बताइएको छ। यो फिल्म आगामी जेठ ८ गतेबाट रिलिज हुनेछ।