भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको छ। शुक्रबार बिहान उनको इन्स्टाग्राममार्फत क्यान्सरबाट निधन भएको जानकारी दिइएको हो।
पूनम करोडौं सम्पत्तिकी मालिक थिइन्। उनले फिल्म, मोडलिङ र रियालिटी शोबाट कमाइ गरेकी थिइन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनीसँग लगभग ८३ करोड भारू बराबरको सम्पत्ति छ।
उनी पछिल्लो समय कंगना रनावतले होस्ट गरेको रियालिटी शो 'लकअप' मा देखिएकी थिइन्। 'लकअप' बाट उनले हप्तामा ३ लाख भारू कमाउँथिन्।
पूनमको आफ्नै 'इरोटिक एप' पनि थियो। यो एपमा ३२ लाखले पैसा तिरेर सब्सक्राइब गरेका थिए। उनले सबैभन्दा धेरै कमाइ यही एपबाट गर्थिन्। उनले फोटोसूट गरेर पनि पैसा कमाउँथिन्।
उनको मुम्बईमा आफ्नै घर छ। जहाँ उनले घरायसी काम सहयोगका लागि कामदार राखेकी छन्।
उनी लग्जरी लाइफ बाँचिरहेकी थिइन्। उनीसँग बिएमडब्लु गाडी पनि छ। ३२ वर्षको उमेरमा उनले करोडौंको सम्पत्ति जम्मा गरेकी हुन्।
उनले सन् २०१३ मा फिल्म 'नशा' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले 'मालिनी एन्ड को', 'आ गया हिरो', 'गलती सिर्फ तुम्हारी', 'द जर्नी अफ कर्मा' लगायत फिल्ममा अभिनय गरेकी छन्।