भारतीय फिल्म क्षेत्रमा नयाँ पुस्ताको जमात बढिराख्दा पनि अभिनेता शाहरूख खान र सलमान खानको नाम अझै चर्चित छ।
बलिउड फिल्मका यी दुइ अभिनेताहरूलाई भिएफएक्सको प्रमुखले समेत मेहेनती बताएका छन्। उनीहरूले २०२३ मा रिलिज भएको फिल्म 'पठान' र 'टाइगर ३' राम्रो एक्सन गरेका थिए।
उनीहरूलाई फिल्ममा राम्रो एक्सन गरेकोले भिएफएक्स प्रमुख शेरी भारदाले दक्ष अभिनेता बताएका छन्। 'सलमान र शाहरूखले धेरै राम्रो अभिनय गरे। उनीहरू समझदार र कुशल छन्। एक्सनमा उनीहरू माहिर छन्,' उनले भने।
यशराज फिल्म्सले 'टाइगर ३' को भिएफएक्सको भिडिओ रिलिज गरेको थियो। भिडिओमा सलमान र शाहरूखको एक्सन दृश्य देखाइएको छ।
भिडिओ आएपछि दर्शकले तारिफ गरेका छन्। यही भिडिओ देखेपछि भिएफएक्सको प्रमुखले उनीहरूको तारिफ गरेका हुन्।