बलिउड अभिनेता सलमान खानको पुरानो फिल्मको सिक्वेल बन्ने भएको छ। उनको फिल्म 'नो एन्ट्री' को सिक्वेल बन्ने भएको हो।
भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार यसको सिक्वेलमा अभिनेता बरुण धवन, अर्जुन कपूर र दिलजीत दोसाँझको अभिनय रहनेछ। फिल्मको निर्देशन अनीस बजमीले गर्दैछन्। पहिलो फिल्म पनि बजमीले निर्देशन गरेका थिए।
सलमानको फ्यानले पात्रहरूको कारण फिल्म फ्लप हुने बताएका छन्।
२००५ मा रिलिज भएको फिल्ममा सलमानसँगै अनिल कपूर, फरदीन खान, सेलीना जेटली, बिपाशा बासु, लारा दत्ताको अभिनय थियो। २३ करोडमा बनेको फिल्मले ७५ करोड भारू कमाएको थियो।