बलिउड अभिनेता रणवीर कपूर पछिल्लो समय चर्चामा छन्। उनले 'एनिमल' फिल्मबाट धेरै चर्चा कमाएका हुन्।
फिल्ममा उनले उत्कृष्ट अभिनय गरेको भन्दै चर्चा भइरहेको छ। यो ओटिटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज भइसकेको छ। यस फिल्मपछि रणवीरको माग बढिरहेको छ। यसै क्रममा उनले आफ्नो पारिश्रमिक बढाएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार 'एनिमल' मा रणवीरले ३० करोड भारू पारिश्रमिक लिएका थिए। भारतीय सञ्चारमाध्यम बलिउड हंगामा अनुसार रणवीरले आगामी फिल्मका लागि ६५ करोड भारू लिने बताएका छन्।
हाल उनले निर्देशक सन्जय लीला भन्सालीको फिल्म 'लव एन्ड वार' मा देखिँदैछन्। फिल्ममा उनीसँगैै आलिया भट्ट र विक्की कौशल पनि देखिनेछन्।