बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म 'फाइटर' बिहीबारदेखि प्रदर्शन भइरहेको छ।
फिल्मले भारतीय बक्स अफिसमा औसत कमाइ गरेको छ। भारतीय सञ्चारमाध्यम द इन्डिया एक्प्रेसका अनुसार फिल्मले २२ करोड भारूमा ओपनिङ गरेको छ। फिल्मले रिलिजअघि नै अग्रिम टिकट बुकिङबाट ७ करोड २१ लाख भारू कमाएको थियो।
सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ। उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक 'पैटी', दीपिका 'मिन्नी' र अनिल कपूर 'रकी' पात्रको भूमिकामा देखिनेछन्।
यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्ममा ४० भारतीय सेनामाथि आतंकवादी हमलापछि त्यसको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ।
यस फिल्मलाई बलिउडको पहिलो एरियल-एक्सन फिल्म भनिएको छ।