अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी जेठी छोरी मालिया ओबामाले पहिलोपटक फिल्म निर्देशन गरेकी छन्। उनले सर्ट फिल्म 'द हार्ट' मार्फत निर्देशनमा डेब्यू गरेकी हुन्।
उनी जनवरी १७ मा सनडान्स फेस्टिभलको रेड कार्पेटमा हिँडेकी थिइन्। फेस्टिभलमा उनको यो फिल्म प्रिमियर हुँदैछ। २५ वर्षकी उनले फिल्ममा शोकमा परेको छोराको कथालाई समेटिएकी छन्।
अमेरिकी सञ्चारमाध्यम द हलिउड रिपोर्टरका अनुसार उनको फिल्मलाई निर्देशकले सकारात्मक प्रतिक्रिया दिएका छन्। आफ्नो पहिलो फिल्मका लागि उनले निकै मिहेनत गरेको बताएकी छन्।
फिल्ममा एक्लोपनको कथा रहेको उनले बताइन्।