बलिउड अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन्।
सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पताल भर्ना भएका हुन्। अस्पतानमा उनकी श्रीमती करीना कपूर खान पनि गएकी छन्।
सैफलाई चोट लागेको कारण अस्पताल भर्ना भएका हुन्। उनको चोटको वास्तविक कारण भने खुल्न सकेको छैन। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्म सुटिङ गर्ने क्रममा उनलाई गम्भीर चोट लागेको थियो। सो क्रममा उनको घुँडा र काँध भाँचिएको छ। अस्पतालमा उनको सर्जरी भइरहेको छ।
पछिल्लो समय उनी फिल्म 'देवरा पार्ट १' मा व्यस्त छन्। उनी फिल्ममा भहीराको भूमिकामा देखिँदैछन्।