दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको 'डिपफेक' भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन्।
डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो। इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन्।
उनीहरूलाई पक्राउ गरेपछि रश्मिकाले दिल्ली प्रहरी प्रशासनलाई धन्यवाद दिएकी छन्। उक्त भिडिओमा रश्मिकाको अनुहार अर्काे महिलाको अनुहारमा राखिएको थियो। उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देखाइएको थियो।
यसैगरी डान्सर तथा अभिनेत्री नोरा फतेही 'डिपफेक' भिडिओको शिकार भएकी छन्। सामाजिक सञ्जालमा नोराको डिपफेक भिडिओ भाइरल भइरहेको छ। भिडिओको विरोध गर्दै उनले प्रतिक्रिया दिएकी छन्।
एआई प्रविधिमार्फत उनको डिपफेक भिडिओ बनाइएको छ। लुलमेलोन नामको इन्स्टाग्रामले नोराको एक डिपफेक भिडिओ सेयर गरेको हो।
नोराले उक्त भिडिओ आफ्नो नभएको र झुटो भिडिओ पोस्ट गरेको भन्दै आपत्ती जनाएकी छन्। नोरा यतिबेला फिल्मको तयारीमा रहेकी छन्।