हेमा मालिनी र धर्मेन्द्रकी छोरी इशा देओलले सम्बन्ध विच्छेद गर्न लागेको खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनले भरत तख्तानीसँग सम्बन्ध विच्छेद गर्न लागेकी हुन्। सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले पहिलोपटक इशा र भरतको सम्बन्ध बिग्रेकोबारे एक पोस्ट शेयर गरेका थिए।
हालै इशाले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गरेकी छन्। 'कहिलेकाहीँ कुनै चिज छोड्नु राम्रो हुन्छ,' उनले आफ्नो पहिलो फिल्मको संवाद लेखेकी छन्। उनले फिल्म 'कोई मेरे दिल से पुछे' एक क्लिप सेयर गरेकी हुन्।
इशा र भरतको सम्बन्ध विच्छेदको खबर आइरहँदा उनको पोस्टले टाढिन लागेको संकेत गरेको छ। केही महिनादेखि उनीहरू एक-अर्काको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न समेत छाडेका छन्। इशा प्राय कार्यक्रममा जाँदा आमा हेमा मालिनीसँग देखिएकी छन्। हेमा मालिनीको जन्मदिन पार्टीमा पनि भरत उपस्थित थिएनन्।