सन् २०२३ मा तीनवटा फिल्मबाट चर्चा कमाएका शाहरूख खानले नयाँ फिल्ममा काम गर्ने भएका छन्।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनले बलिउड अभिनेता सलमान खानले छाडेको फिल्ममा काम गर्ने लागेका हुन्।
हाल प्रदर्शन भइरहेको फिल्म 'डंकी' मार्फत पनि शाहरूखले निकै चर्चा पाएका छन्। बक्स अफिसमा तहल्का मच्चाइरहेका उनले निर्देशक सञ्जयलीला भन्सालीको फिल्ममा काम गर्ने भएका छन्।
भन्सालीले शाहरूखलाई फिल्म 'इन्शाल्लाह' प्रस्ताव राखेका छन्। फिल्मलाई लिएर शाहरूख सकारात्मक रहेको बताइएको छ। तर उनीहरूले औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।
यसअघि भन्सालीले सलमान खानलाई फिल्म अफर गरेका थिए। तर सलमानले स्क्रिप्ट चित्त नबुझेको भन्दै छाडेका थिए। फिल्ममा सलमान र आलिया भट्ट जोडी देखिने चर्चा थियो।
यतिबेला भन्साली 'हीरा मंडी' र 'बैजू बावरा' मा व्यस्त छन्।