भारतको ६९ औं फिल्मफेयर अवार्डका मनोनयन घोषणा गरिएको छ।
भारतीय संचारमाध्यम बलिउड हंगामाका अनुसार अवार्ड समारोह २७ र २८ जनवरी भारतको गुजराजमा हुने भएको छ।
रणवीर कपुर स्टारर फिल्म 'एनिमल' सर्वाधिक मनोनयनमा पर्न सफल भएको छ। यो फिल्म १९ विधामा मनोनीत भएको हो। उत्कृष्ट फिल्मदेखि उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक लगायतका विधामा 'एनिमल' को कब्जा छ।
यो वर्ष उत्कृष्ट फिल्ममा '१२ वीं फेल, एनिमल, जवान, ओएमजी २, पठान, रक्की और रानीकी प्रेम कहानी’ मनोनीत भएका छन्।
त्यस्तै उत्कृष्ट क्रिटिक्स अवार्डमा ‘१२ वीं फेल' फिल्मका विधु विनोद चोपडा, 'भिड' का अनुभव सिन्हा, 'फराज' का हंसल मेहता, 'जोहम' का देवाशीष मखीजा, 'सामबहादुर' की मेघना गुलजार, 'थ्रि अफ अस' का अविनाश अरुण, 'ज्विगाटो' की नन्दिता दास मनोनीत भएका छन्।
यसैगरी उत्कृष्ट अभिनेतामा रणवीर कपूर (एनिमल), शाहरूख खान (डंकी), रणवीर सिंह (रक्की और रानीकी प्रेम कहानी), शाहरूख खान (जवान), सनी देओल (गदर २), विक्की कौशल (सामबहादुर) छन्।
उत्कृष्ट अभिनेत्रीमा आलिया भट्ट (रक्की और रानीकी प्रेम कहानी), दीपिका पादुकोण (पठान), भूमि पेडनेकर (थैंक्यु फर कमिङ), रानी मुखर्जी (मिसेज चटर्जी वर्सेज नर्वे), तापसी पन्नू (डंकी), कियारा आडवाडी (सत्यप्रेमकी कथा) रहेका छन्।