'१२ वीं फेल' का अभिनेता विक्रान्त मासे यतिबेला चर्चामा छन्।
टेलिशृंखलाबाट अभिनय यात्रा सुरू गरेका उनी यो फिल्मपछि दर्शकको प्रिय बनेका छन्। साथै उनलाई नयाँ अवसरहरू पनि आइरहेको छ। उनले सन् २०१३ देखि फिल्ममा अभिनय सुरू गरेका थिए। सहायक पात्र बनेर फिल्म यात्रा सुरू गरेका उनी यतिबेला मुख्य पात्र बनेका छन्।
उनले यो फिल्मपछि अर्को नयाँ काम गर्ने अवसर पाएका छन्। निर्देशक एकता कपूरले उनलाई एक प्रोजेक्टमा जोड्ने भएकी छन्। यस फिल्म राजनीतिक थ्रिलरमा आधारित हुनेछ।
भारतीय संचारमाध्यमका अनुसार एकताको यो फिल्मको काम छिट्टै सुरू हुनेछ। फिल्मको नाम भने खुलाइएको छैन। विक्रान्त र निर्माण टिमबीच औपचारिक सम्झौता भइसकेको छ।
यो फिल्मको कथा सत्य घटनामा आधारित हुनेछ। भारतको राजनीतिकबारे फिल्ममा कथा हुने बताइएको छ।