यतिबेला बलिउड अभिनेता ऋतिक रोशन चर्चामा छन्। उनी आगामी फिल्म 'फाइटर' लाई लिएर चर्चामा आएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकले अभिनय गरेको सात फिल्म फ्लप भएका छन्। उनले बलिउडमा प्रवेशको लागि निकै मेहेनत गरे।
सन् २००१ मा अभिनेत्री करिना कपूरसँगै अभिनय गरेका ऋतिकको 'यादे' फिल्म फ्लप भएको थियो। यो फिल्मले बक्स अफिसमा करिब १४ करोड ६५ लाख भारू कमाएको थियो।
ऋतिकको फ्लप भएको दोस्रो फिल्म 'आप मुझे अच्छे लगने लगे' हो। यो फिल्म सन् २००२ मा प्रदर्शन भएको थियो। यो फिल्मले बक्स अफिसमा ९ करोड ५९ लाख कमाएको थियो। यो फिल्म १० करोड भारू लगानी भएको थियो।
उनले सन् २००३ मा करिना कपूरसँगै 'मैं प्रेमकी दिवानी हुँ' मा काम गरे। यो फिल्म पनि ऋतिकको फ्लप फिल्म हो। २१ करोडमा बनेको फिल्मले करिब १७ करोडको कमाएको थियो।
उनले सन् २०१० मा 'काइट्स' फिल्ममा काम गरे। यो फिल्म पनि फ्लप भएको थियो। यो फिल्मको लगानी ६५ करोड भारू थियो भने फिल्मले ४९ करोड २७ लाख भारू कमाइ गरेको थियो।
यसैगरी ऋतिकले २००९ मा 'लक बाय चान्स' मा काम गरे। यो फिल्म पनि फ्लप भएको थियो। यो फिल्मले १२ करोड २५ लाख भारू कमाएको थियो।
उनले २०१६ मा फेरी ऐतिहासिक फिल्म 'मोहन जोदाडो' मा मुख्य अभिनय गरे। यो फिल्मले धेरै नकारात्मक समिक्षा पाएको थियो। दर्शकलाई यो फिल्म खासै मनपरेको थिएन। यो फिल्मले ५८ करोड भारू कमाएको थियो।