सन् २०२३ बलिउड फिल्म क्षेत्रको लागि निकै फलदायी रह्यो। यस वर्ष प्रायः फिल्मले राम्रो कमाइ गर्यो। यस्तै भारतीय सञ्चारमाध्यमले बलिउडका १० धनी अभिनेत्रीको सूची तयार पारेको छ।
ऐश्वर्या राय बच्चन
बलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन् ऐश्वर्या राय बच्चन। उनीसँग करिब ८०० करोड भारूको सम्पत्ति छ। उनी फिल्म, विज्ञापन र रियल स्टेटबाट पैसा कमाउँछिन्। उनी एउटा फिल्मबाट १० देखि १२ करोडसम्म पारिश्रमिक लिन्छिन्।
प्रियंका चोपडा
बलिउडकी दोस्रो धनी अभिनेत्री हुन् प्रियंका चोपडा। उनीसँग करिब ६०० करोड भारूको सम्पत्ति छ। उनी एउटा फिल्मको पारिश्रमिक १४ देखि २५ करोड भारू लिन्छिन्।
आलिया भट्ट
अभिनेत्री आलिया भट्ट बलिउडकी तेस्रो धनी अभिनेत्री हुन्। उनीसँग करिब ५५० करोड भारूको सम्पत्ति छ।
दीपिका पादुकोण
बलिउडकी चौथो धनी अभिनेत्री हुन् दीपिका पादुकोण। उनीसँग करिब ५०० करोड भारूको सम्पत्ति छ। उनी एउटा फिल्मको १५ देखि ३० करोडसम्म पारिश्रमिक लिन्छिन्।
करीना कपूर खान
बलिउडकी पाँचौं धनी अभिनेत्री हुन् करीना कपूर खान। उनीसँग करिब ४८५ करोड भारूको सम्पत्ति छ। उनी एउटा फिल्मको १२ देखि १८ करोड भारू पारिश्रमिक लिन्छिन्।
कट्रीना कैफ
अभिनेत्री क्टरीना कैफ बलिउडकी धनी अभिनेत्री सूचीको छैठौं नम्बरमा छिन्। उनीसँग करिब २६५ करोडको सम्पत्ति छ।
अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्मा बलिउडकी धनी अभिनेत्री सूचीको सातौं नम्बरमा छिन्। उनीसँग करिब २५५ करोड भारूको सम्पत्ति छ।
माधुरी दीक्षित
बलिउडकी धनी अभिनेत्रीको सूचीमा माधुरी दीक्षित आठौं स्थानमा छिन्। उनीसँग करिब २५० करोड भारूको सम्पत्ति छ।
काजोल
बलिउडकी धनी अभिनेत्रीको सूचीमा काजोल नौं स्थानमा छिन्। उनीसँग करिब २३५ करोड भारूको सम्पत्ति छ।
रानी मुखर्जी
बलिउडकी धनी अभिनेत्रीको सूचीमा रानी मुखर्जी दशौं स्थानमा छिन्। उनीसँग करिब २०६ करोड भारूको सम्पत्ति छ।
(भारतीय सञ्चारमाध्यम एनडिटिभीको सहयोगमा तयार पारिएको)