बलिउड अभिनेता अक्षय कुमार र अरशद वारसी फिल्म 'जली एलएलबी ३' मा एकसाथ देखिने भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मको स्क्रिप्टको काम सुरू भइसकेको छ। यो फिल्मलाई सुभाष कपूरले निर्देशन गर्नेछन्।
डिज्नी र अक्षय कुमारको प्रोडक्सन हाउस केप अफ गुड फिल्म्सले मिलेर निर्माण गर्न लागेको फिल्ममा अक्षय कुमार र अरशद वारसी अदालतमा एकअर्काविरूद्ध वकालत गर्नेछन्।
यो फिल्म २०२५ मा रिलिज हुनेछ। हाल फिल्मको नामबारे खुलासा गरिएको छैन। यो फिल्मको छायांकन जयपुरमा गरिने बताइएको छ। यस फिल्मको दुवै भागलाई दर्शकले रूचाएका थिए।
यस फिल्मअघि अक्षय 'वेलकम टु जंगल' को छायांकन सकाउने छन्।
अक्षय र अरदले 'जानी दुश्मनः एक अनोखी कहानी' र 'बच्चन पान्डे' मा एकसाथ काम गरिसकेका छन्। उनीहरूलाई वकिलको भूमिकामा हेर्न दर्शक उत्साहित छन्।