६ जना कलाकारहरूको चित्रकारिता ‘क्यानभासमा जिरी’ मार्फत् प्रदर्शन भइरहेको छ।
केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीको संयुक्त चित्रकला प्रर्दशनी शुक्रबारबाट सुरू भएको हो।
दुई दिनसम्म चल्ने प्रदर्शनीमा जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरू समेटिएको चित्र राखिएको छ।
गत वर्ष दोश्रो जिरी महोत्सव आयोजना गरिएको थियो। उक्त महोत्सवमा नेपालका ख्यातिप्राप्त ६ जना कलाकारहरू जिरी पुगेर महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भएका थिए। तीनदिने जिरी बसाइका क्रममा उनीहरूले देखेका भोगेका र अनुभव गरेका कुरालाई कलाकृतिमा समेटेका हुन्।
तिनै कलाकृतिहरूको संगालो नै चित्रकला प्रदर्शनी भएको आयोजकले बताएका छन्।
प्रदर्शनीमा ३६ थान कलाकृति छन्। बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र सांस्कृतिक पक्ष पनि यो प्रदर्शनीमा छन्।