काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बागमती प्रदेशको मौलिक रैथाने कलाहरूको प्रदर्शनी बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरू भएको छ।
प्रदर्शनीमा समसामयिक चित्रकला र मूर्तिकला, परम्परागत चित्रकला र मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला लगायत विविध विधाअन्तर्गत २१० कलाकारका २४१ भन्दा बढी कलाकृति राखिएका छन्।
प्रदर्शनी चैत १६ सम्म चल्ने छ।