अभिनेता विजय बराललाई पुत्री लाभ भएको छ। उनकी श्रीमती प्रमिलाले सोमबार बिहान बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन्।
विजयले सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै यसबारे जानकारी दिएका छन्। विजय र प्रमिला यसअघि नै एक छोराको अभिभावक थिए।
दोस्रो सन्तान लाभ भएपछि विजयले खुसी साट्दै लेखेका छन्, 'न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार। परिवारमा सदस्यको रूपमा लक्ष्मीको आगमन भएको सुखद् जानकारी गराउन चाहेँ।'
विजय अहिलेका निकै व्यस्त र रूचाइएका कलाकार हुन्। उनकी श्रीमती प्रमिला पनि कलाकार हुन्।