फिल्म 'चिराग' को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टोलीले रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको हो। 'चिराग' आगामी मंसिर ५ गतेबाट देशभर प्रदर्शनमा आउने बताइएको छ।
सार्वजनिक पोस्टरमा कलाकार त्यागमूर्ति फिचर्ड छन्। उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन्। उनलाई कसैले कुल्चिएको छ। त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन्।
फिल्ममा 'आशाको चिराग कहिल्यै निभ्दैन' भन्ने ट्यागलाइन राखिएको छ। यो फिल्ममा त्यागमूर्तिसँगै सुशील पोखरेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेरबहादुर डिसी, संकला गौतम, नरेशप्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मीनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ। फिल्ममा सह–लेखन नरेशप्रसाद भट्ट र संकला गौतमको छ। यस्तै, फिल्मका निर्माता संकला गौतम, नरेशप्रसाद भट्ट र त्यागमूर्ति हुन्।
राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन्।