अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्।
उनले बुधबार श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरूको इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित थिए।
उनीहरू माघमा विवाह गर्ने तयारीमा छन्। श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन्।
गौरवले 'मञ्जरी, होस्टेल, उत्सव, गाजलु, साइली' लगायत फिल्ममा अभिनय गरेका छन्। उनी फिल्म 'नम्बरी सुन' र 'दुई कदम' प्रदर्शनको पर्खाइमा छन्।