ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ‘नितेश जंगकुँवर’को साथमा नेपाल आएका छन्।
उनी प्रिभे नेपाल, होटेल सोल्टि क्राउन प्लाजामा आयोजित टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा प्रस्तुति दिनको लागि नेपाल आएका हुन।
टुबोर्गले सामाजिक सञ्जालहरुमा डिजिटल अभियान संचालन गरी ईच्छुक दर्शकहरुलाई उक्त कार्यक्रमको पासहरु प्रदान गरेको छ। अब, नितेश जंगकँुवरले क्लिन व्यान्डिटलाई काठमाडौंको भ्रमण गराउनेछन् ।
आयोजकका अनुसार दर्शकहरुको अनुभव नै क्लिन व्यान्डिटको नेपाल भ्रमणको पहिलो प्राथमिकता रहेको छ जहाँ, उनीहरु नितेशको संगीतझल्किने स्थानीय संस्कृतिमा झुम्नेछन् ।
क्लिन व्यान्डिटले नेपालमा नितेश जंगकँुवरसँग बिताएको अनुभवहरु झल्काउँदै उनीहरुले नयाँ ट्रयाकको लागि सांगीतिक सहकार्य गर्नेछन्।