एभरेस्ट महिला भलिबल लिग को दोस्रो संस्करणका ललितपुर क्विन्सले औपचारिक रूपमा तयारी सुरु गरेको छ।
तयारीका लागि ललितपुरले उत्सव खड्कालाई हाम्रो मुख्य प्रशिक्षकको भूमिका दोहोर्याएको छ।
ललितपुरका स्थानीय खड्काको नेतृत्वमा टोलीले गत सिजनको फाइनलमा स्थान बनाएको थियो। तर उपाधि जित्न भने सकेको थिएन।
‘गत सिजन फाइनलमा उपाधि जित्न नसक्दा दु:खी थियौं। यसपटक हामी यो प्रतियोगिता जितेर ती घाउँमा मल्हम लगाउने प्रतिबद्धता व्यक्त गर्छौं, ‘ उनले थपे, ‘मलाई निरन्तर विश्वास गरेकोमा ललितपुर क्विन्सलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो सिजन हामी हाम्रो सुन्दर सहर ललितपुरमा ट्रफी लिएर फर्कनेछौं।’
प्रशिक्षक खड्कासँग एफआइभिबी लेभल ३ प्रमाणपत्र छ।
एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण सेप्टेम्बर ५ देखि १३, २०२५) आयोजना हुँदैछ।