एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविसले सहज जित निकालेको छ।
शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा भएको खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
कर्णालीले पहिलो सेट २५-२१ ले जित्यो। दोस्रो सेटमा २५-२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो।
उसले तेस्रो सेट २५-१४ अंकले जितेर सिजनको लिगमा उत्कृष्ट सुरूवात गरेको हो।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा सुरु एभरेष्ट महिला भलिबल लिगको यो दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुँदैछ।
लिगमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ।
दोस्रो संस्करणमा विभिन्न देशबाट १८ विदेशी खेलाडी पोखरा पुगेका छन्।