आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र खेलाडी उषा भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।
बुधबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सुरु भएको प्रतियोगितामा भण्डारी र भट्टलाई नगद ५०-५० हजार रूपैयाँले सम्मान गरिएको हो।
उषा हाल हङकङमा रहेकाले उनको पुरस्कार आमा र बुबाले ग्रहण गरे।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा चारदिनसम्म चल्ने प्रतियोगितामा ५ टिम सहभागी छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी करिब १४ लाख रुपैयाँ रहेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरूवात गरेको छ।
एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो। एपिएफले आर्मीमाथि २५-२०, २५-१३, र २५-१६ अंकले सहज जित निकालेको हो।