रोल्पामा भएको सन स्टार कप भलिबल प्रतियोगितामो उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
लिबाङस्थित टुडिखेलमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको हो।
जितसँगै नेपाल पुलिस क्लबले पाँच लाख पुरस्कार, कप र मेडल प्राप्त गरेको छ। उपविजेता त्रिभुवन आर्मी क्लबले साढे दुई लाख रुपैयाँ ट्रफी र मेडल प्राप्त पायो।
बुधबार मध्याह्न १२ बजेदेखि सुरु भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका बीच पाँच सेटमा खेल भएको थियो। जसमा पहिलो सेट २५–१८, दोस्रो २०–२५, तेस्रो २५–१४ र चौथो सेट २५–२३ को अंक अर्थात ३ – १ सेटले पुलिस क्लबले जित हासिल गरेको थियो।
त्यसअघि बुधबार बिहान ९ बजेदेखि कोशी र लुम्बिनी प्रदेशका बीच प्रतिस्पर्धा भएको थियो। खेलमा कोशीले लुम्बिनीलाई हराउँदै तृतीय बन्यो। यी दुई प्रदेशबीचको पहिलो सेट २६–२४, दोस्रो १६–२५, तेस्रो २५–१६ र चौथो २८–२६ अर्थात ३ –१ को सेटमा कोशीले जितेको थियो। तृतीय भएको कोशीले एक लाख पुरस्कार जित्यो भने चौथो भएको लुम्बिनी प्रदेशले ५० हजार पुरस्कार प्राप्त गरेको सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।
फागुन १० शनिबारदेखि प्रतियोगिता सुरु भएको थियो।
सनस्टार युवा क्लबको १३औँ वार्षिक उेत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लबसहित चार प्रदेशहरु सहभागी थिए।
जसमा कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा आयोजक सनस्टार युवा क्लब गरी सात टिमको सहभागिता थियो।
साथै जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता पनि भएको छ।
महिला भलिबलको उपाधि भने रोल्पाकै परिवर्तन गाउँपालिकाले जितेको छ। फाइनल भिडन्तमा सुनिलस्मृति गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै परिवर्तनले उपाधि जितेको हो।
प्रथभ भएको परिवर्तनले ५५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्यो।
उपबिजेता बनेको सुनिल स्मृतीले ३५ हजार रुपैंयाँ , तृतिय भएका रोल्पा नगरपालिकाले १५ हजार र चौथो भएको लुङ्ग्री गाउँपालिकाले १० हजार पुरस्कार प्राप्त गरे।
जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा जिल्लाका आठ टिमबीच प्रतिस्पर्धा भएको थियो।
जस्मा थबाङ , परिवर्तन माडी, त्रिवेणी, सुनिल स्मृति, लुङ्ग्री, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका गरी आठ टिमले सहभागी जनाएका थिए। जिल्लाका दुई स्थानीय तह गंगादेव र रुन्टिगढी गाउँपालिकाले भने प्रतियोगितामा भाग लिएनन्।