कर्णाली यस्वीस एभरेस्ट वुमन्स भलिबल लिगको च्याम्पियन बनेको छ। राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा आज भएको फाइनल भिडन्तमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको हो।
कर्णालीले पहिलो सेट २५-१७ ले जित्यो। दोस्रो सेटमा २५-२० ले विजयी भएसँगै कर्णालीले खेलमा २-० को अग्रता लियो।
तेस्रो सेट ललितपुरले २५-१२ र तेस्रो सेट २५-१८ ले जितेसँगै खेल २-२ को बराबरीमा पुगेको थियो।
निर्णायक पाँचौ सेटका कर्णालीले १५-१३ ले जितेर उपाधि जित्न सफल भयो।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा आयोजना भएको लिगमा छ फ्रेन्चाइज टोलीको सहभागिता रह्यो। प्रतियोगितामा काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी थिए। हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता थियो।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिडेका हुन्।