चितवन शक्तिलाई ३–२ ले हराउँदै कर्णाली यस्वीस एभरेस्ट वुमन्स भलिबल लिगको फाइनल प्रवेश गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा कर्णालीले दोस्रो, चौथो र पाँचौं सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको छ।
कर्णालीले चितवनलाई २०–२५, २५–१८, २१–२५, २५–१५ र १५–१३ ले जित हात पारेको हो।
बलियो प्रतिस्पर्धा दिएको चितवनले पहिलो र तेस्रो सेटमा जित निकाल्यो।
पहिलो सेटमा अग्रता बनाउँदै चितवनले अग्रता लिँदै जित निकाल्यो। चितवन पहिलो सेटमा भने चितवनले निकै राम्रो पकड बनाउँदै जित निकालेको हो। पहिलो सेट चितवनले २५–२० ले आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा भने कर्णालीले सुरुवात देखि नै अग्रता बनाउँदै जित निकाल्यो। कर्णालीको लागि आज भने अथानासिया लियाकी केही असहज देखिन्थिन्। उनको कोर्टमा आगमनले केही सहज भयो र सेट जित्यो। जसमा कर्णालीले २५–१८ ले चितवनलाई हरायो।
तेस्रो सेटमा भने चितवनले १८–१४ ले अग्रता लियो। कर्णाली भने यसलाई पछ्याउँदै २५–२१ ले पछि पर्यो र तेस्रो सेट चितवनले जितेको छ।
चौथो सेटमा भने कर्णालीले चितवनलाई २५–१५को फराकिलो अन्तरले हरायो।
पाँचौैं सेटमा कर्णाली र चितवनले ७–७ बराबरी गर्यो। पाँचौं सेटमा ११ बराबरी सम्म पुग्यो। पाँचौं सेटमा १४–११ को स्थितीमा पनि चितवनले हार नमान्दै फाइट गर्यो तर अन्तिम समयमा १५–१३ ले अन्तिम सेट गुमाउन पुग्यो।