नेपालको युवा टोलीले श्रीलंकमा हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएको छ ।
उक्त च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । सोही प्रतियोगितामा नेपालको युवा टोलीले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह र मुख्य प्रशिक्षक जगदिश भट्टलगातयले मंगलवार टोलीको बिदाइ गरेका हुन् ।
नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर छन् । प्रशिक्षक रमेश केसी र सहायक प्रशिक्षकमा लालबहादुर बटला, टिम म्यानेजरमा गणेशसिंह ठगुन्ना छन् ।
उक्त च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उब्जेकिस्तानले प्रतिष्पर्धा गर्दैछन् । यसअघि नेपालकै महिला टोलीले माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला च्याम्पियनसिप खेलेको थियो । जहाँ नेपाली टोली तेस्रो भएको थियो । —न्युज एजेन्सी नेपाल