पहिलो संस्करणको महिला फ्रेञ्चाइज भलिबल लिगको मिति घोषणा भएको छ। एभरेस्ट महिला भलिबल लिग (इडब्लूभिएल) को नाममा हुन लागेको प्रतियोगिता असोज १४ देखि १९ सम्म हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछन्।
इन्फिनिटी ड्रीम्स प्रालिले आयोजना गर्न लागेको लिगमा ६ टोली भिड्दैछन्। यसअघि ६ टोलीकै मार्की खेलाडी घोषणा गरिएको थियो।
मार्की खेलाडी
गण्डकी – सरस्वती चौधरी
काठमाडौं- उषा भण्डारी
मधेश – निरुता ठगुन्ना
चितवन – अरुणा शाही
कर्णाली – सुमित्रा रेग्मी
ललितपुर – सलिना श्रेष्ठ
लिगका लागि यसअघि नै इन्फिनिटी ड्रिम्सले नेपाल भलिबलसँग सम्झौता गरेको थियो।
लिग आमिर अख्तरको नेतृत्वमा आयोजना हुन लागेको हो। अख्तरले यसअघि एभरेस्ट प्रिमियर लिग फ्रेञ्चाइज क्रिकेट आयोजना गरेका थिए।
भलिबल लिगको फ्रेन्चाइजी क्लबले ३-३ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। यसअघि टोलीमा परेका अरु नेपाली खेलाडीको नाम घोषणा भइसकेको छ।