नेपाल सितोरियो कराते संघले मलेसियामा भएको कराते सिरिज 'ए' मा स्वर्ण पदक विजेता एरिका गुरुङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ।
मंगलबार भएको सम्मान कार्यक्रमा एरिकालाई १ लाख र कुशललाई ५० हजार नगद सहित सम्मान गरिएको हो।
विगत दुई वर्षमा कुशलको प्रशिक्षणमा रहेकी एरिकाले लगातार पदक जितिरहेकी छन्। सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिकाले उच्च प्रदर्शन गर्दै आएकी छन्।
त्यसपछि सन् २०२४ मा युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा स्वर्ण र रजत, यो वर्ष अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण, मोरक्कोमा भएको कराते–१ प्रिमियर लिगमा पनि उनले कास्य पदक जितिन्। यी पदक जित्नमा प्रशिक्षक कुशलको महत्वपूर्ण योगदान छ।
अब एरिकाले इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने कराते विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछिन्।
विश्व कराते महासंघले एरिकालाई पहिला ६८ केजीमा स्थान दिइएको नेपाल कराते महासंघलाई पत्र पठाएको छ। छनोट पार गर्न नसके पनि उनलाई युनिभर्साली कोटाबाट स्थान दिइएको हो।
्यसअघि महिला काता सानुमाया थिङ पनि यहिँ कोटाबाट छनोट भएकी थिइन्। सानुमायाले कातामा विश्वभरका ३२ खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।