विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।
पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्ने छन् । महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् ।
दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा एतिहासिक रजत पदक जितेकी थिइन् ।
अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे । अध्यक्ष सिवाकोटी बाहेक टोली बिहीबार भारत प्रस्थान गर्ने छ । अध्यक्ष सिवाकोटी केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ ।