दक्षिणकाली १ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ।
उक्त एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाईं संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
अध्यक्ष कक्षपतिले जग्गा भाडामा लिइ ब्यक्तिगत लगनीमा एकेडेमी निर्माण गरेका हुन्।
एकेडेमीले देसैभरीबाट प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी गराउने लक्ष्य लिएको कक्षपतिले बताए।
सोही अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले खेलाडीलाई प्रशिक्षण पनि दिएका थिए।