नेपालले २३ औं एसियाली कराते महासंघ (एकेएफ) यू–२२ कराते च्याम्पियनसिपमा २ कास्य पदक जितेको छ।
नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल कातामा कास्य पदक हात पारे।
मनीषाकुमारी बोहराले पनि पदक जित्न सफल भइन्।
उनले महिला ६० केजीमुनि तौलसमूहमा कास्य जितेकी हुन्।