टेनिस खेलाडी महिका राणा र बास्केटबल खेलाडी विजय बुर्जाले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को एथलेट्स फोरममा भाग लिने भएका छन्।
फोरम सेप्टेम्बर १ देखि ३ मा काजखस्तानमा आयोजना हुँदैछ।
यसअघि ओसिएले फोरममा भाग लिन दर्ता खुलाएको थियो। फोरमा एसियाका खेलाडीबीच विचार र विमर्श हुनेछ।
फोरममा प्रत्येक देशबाट एक महिला र एक पुरुष खेलाडीले भाग लिँदैछन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले बिदाइ गरे।