नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले नेपाली तेक्वान्दो टोलीलाई सोमबार सम्मान गरेको छ।
मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता सहभागी नेपाली टोलीलाई राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले सम्मान गरेका हुन्।
मलेसिया ओपनमा उत्कृष्ट निर्णायक बनेका अशोक खड्कासहित चार खेलाडी र बाँकी अफिसियल गरी १० जनालाई सम्मान गरिएको हो।
गत शनिबार र आइतबार भएको प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक बनेका थिए। यस्तै स्वर्ण विजेता खेलाडीहरु केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा, रजत विजेता सन्दीप बस्नेत पनि सम्मानित भए।
टोलीको प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का, टोली प्रमुख महेन्द्रराज घिमिरेसहित नेप्लिज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट र मलेसियामा नेपाली तेक्वान्दो टोलीलाई सहजिकरण गर्ने कृष्ण खड्कालाई पनि सम्मान गरियो।