नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काको सहयोगमा माल्दिभ्समा ग्योरोगी तेक्वान्दो रेफ्री कोर्ष २०२५ संचालन भएको छ।
माल्दिभ्स तेक्वान्दोको आयोजनामा भएको कोर्षका कक्षा खड्काले सञ्चालन गरेका थिए।
कोर्षमा माल्दिभ्सका एक दर्जन रेफ्रीहरू सहभागी भएका थिए।

खड्का नेपालका अन्तर्राष्ट्रिय निर्णायक हुन्। उनी नेपालका ग्यारोगी तथा पुम्स दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
उनी सन् २०२३ मा सेकेन्ड क्लास इन्टरनेसनल रेफ्री बनेका थिए। उनी पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुन्।
अनुभवका हिसाबले खड्का टोकियो पारा ओलम्पिक र पेरिस ओलम्पिक क्याम्पमा समेत पर्न सफल भएका छन्।
५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
खड्का युवा तथा खेलकुद मन्त्रालयबाट ‘उत्कृष्ट रेफ्री’का रूपमा सम्मानित भइसकेका छन्। उनी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन्।