दाङको तुलसीपुरमा खुल्ला पुरुष राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।
खोखो संघ दाङले बुधकार तुलसीपुरमा पत्रकार सम्मेलन गरि वैशाख २६ गतेदेखि २८ गतेसम्म जिल्लाको पहिलो खुल्ला राष्ट्रिय खोखो प्रतियोगिता हुन लागेको जानकारी दिएको हो।
संघका जिल्ला अध्यक्ष बालकृष्ण शाहले प्रतियोगितामा सात वटा प्रदेशका टिम र एउटा बिभागिय टिम नेपाल आर्मीको सहभागिता हुने बताए।
लिगकम नकआउट सिष्टमबाट खेल खेलाइने हुँदा हरेक टिमले हरेकसँग खेल खेल्ने छन् ।
आयोजकका अनुसार प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार र तृतिय हुने टिमले १० हजार पुरस्कारका पाउनेछन् ।
प्रतियोगिताका लागि नेपाल आर्मी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको टिम बुधबार नै तुलसीपुर आइपुगेको छ।
त्यस्तै राष्ट्रिय प्रतियोगिता सकिएको दोस्रो दिन बैशाख २९ गते नेपाल र भारतका बीचमा खेलहरु हुने छन्। भारतको एउटा टिम र नेपालका दुई टीमका बीचमा प्रतियोगिता हुने छ ।
खोखो संघकी केन्द्रीय सदस्य तथा प्रशिक्षक उषा मगर कुँवरले भारतसँगको प्रतिष्पर्धाका लागि नेपाली दुई टिमको छनोट गरिने बताइन्।
प्रतियोगितामा झन्डै २७ लाख बढी खर्च हुने अनुमान गरिएको छ।
गत जनवरीमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरुष र महिला दुबै टिम उपविजेता बनेको हुँदा नेपालमा पनि खोखोको चर्चा परिचर्चा सुरु भएको हो। सोही उत्साहलाई जोगाइ राख्न आपसमा मिलेर खोखो संघ दाङले ऋण खोजेर भएपनि पहिलो पटक जिल्लामा पुरुष खुल्ला राष्ट्रिय प्रतियोगिता आयोजना गर्न थालेको हो।