नेपालका तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय प्रतियोगता २०२५ मा स्वर्ण पदक जितेका छन् ।
अदिशले आइतबार १७ वर्ष मुनि इन्डिभिजुयल पुम्सेमा शीर्ष स्थान हात पार्दै स्वर्ण जिते।
आदिसले स्वर्ण जित्ने क्रममा कूल ६.२३ अङक प्राप्त गरे।
यसअघि गत साता अदिशले जापानको ओसाका शहरमा भएको जापान वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा पनि सोही विधामा रजत पदक जितका थिए।
उनको उनको डेब्यू अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक थियो।
नामी इन्टरनेसनलमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।