पोर्चुगलमा भएको २१औं विश्व केम्पो च्याम्पियनसिप २०२५ नेपालले कुल सात पदक जितेको छ।
नेपालका लागि विपेश थापाले चार पदक जिते भने अन्जना शाहीले तीन पदक हात पारिन्।
थापाले एक रजत र तीन कास्य गरी कुल चार पदक जित्न सफल भइन्।
अन्जनाले एक रजत र दुई कास्य गरी जम्मा तीन पदक जित्न सफल भइन्।
पदक जितेका दुवै खेलाडी पाँचौ डानप्राप्त हुन्।
प्रतियोगितामा विश्वभरका १०८ देशका खेलाडीको सहभागिता रहेको थियो।