विश्व प्रसिद्ध लन्डन म्याराथन दौडिएकी नेपालकी धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
आइतबार लन्डन म्याराथन दौडिएकी श्रेष्ठले २:४२:५० घण्टामा निर्धारित दूरा पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
उनले राष्ट्रिय कीर्तिमान ३:३६ मिनेटले तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
उनले दुई वर्ष अघि डेब्यू म्याराथन बंगलादेशको बंगबन्धु म्याराथनमा २:४६:२६ घण्टामा पार गर्दै कीर्तिमान राखेकी थिइन्।